
काठमाडौं, कात्तिक ३ । नेपालमा पछिल्लो २४ घण्टामा ३७९० जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३३५ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९४५०१ रहेको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्