
विराटनगर, कात्तिक ३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् ।
१ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ४९ महिला र ३ सय २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित मध्ये मोरङमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २ र धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा १ ÷१ जना संक्रमित थपीएका हुनु ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५ जना मात्र डिस्चार्ज भएका छन् ।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्