
तस्विर फाइल
काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्