१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनावश्यक रुपमा घरबाहिर ननिस्कौंः काठमाडौं जिल्ला प्रशासन


0
Shares

ktm cdo office

काठमाडौं, कात्तिक ४ । काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनावश्यक रुपमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सिडिओ कार्यालयले व्यक्तिगत र सामूहिक सचेतता अपनाउन आग्रह गरेको छ ।

सिडिओ कार्यालयले एक विज्ञप्ति निकालेर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन आग्रह गरेको हो ।

घरबाहिर निस्कनै पर्दा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्डको अनिवार्य पालना गर्न प्रशासनको आग्रह छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निकालेको विज्ञप्तिमा चाडबाडका बेला आवतजावत र भिडभाड हुने भएकाले काम नपरी घरबाहिर ननिस्कन भनिएको छ ।

दिनहुँ थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै भएकाले जोखिम धेरै रहेको प्रशासनले जनाएको छ ।