१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पोख्रेलले भने लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार यथावत


0
Shares

shankhar pokhrel province capital dispute

काठमाडौं, कात्तिक ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशमा कोरोना भाइरसको निःशुल्क उपचार कायमै रहेको बताउनुभएको छ ।

मुख्मन्त्री पोख्रेलले कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको जानकारी दिनुभएको हो ।

संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेको केही दिनमै मुख्यमन्त्री पोख्रेलले भने आफ्नो प्रदेशमा निःशुल्क उपचारको प्रतिवद्धता जनाउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोख्रेलले भन्नुभएको छ, ‘प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

https://www.facebook.com/shankar.pokhrel.946/posts/1692848854204324

कोरोनाको परीक्षण र स्वास्थोपचारको शुल्क लिने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहँदा मुख्यमन्त्री पोख्रेलले प्रदेशवासीलाई विश्वस्त तुल्याउनुभएको हो ।