२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपत्यकामा १७०२ सहित ३०९३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ४ । पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७०२ जना संक्रमित भएका छन् ।

काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।