
दैलेख, कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन ।
घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
टिप्पर सडकबाट करीब ३ सय मिटर तल लोहिरे खोलामा खसेको छ ।
मृत्यु हुनेको सनाखत भएको छैन । यस्तै सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेकोे यात्रुबाहक बस तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यू भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिकाका ललित नेपाली रहेका छन् ।
बसमा सवार १४ यात्रु घाइते भएका छन् ।
तिमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्