
विराटनगर, कात्तिक ४ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यो दैनिक सङ्क्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो ।
थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, सङ्खुवासभा र तेह्रथुममा २र२ , धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएका सङ्क्रमितमा ३४८ महिला र ५२२ पुरुष छन् ।
प्रदेश १ मा अहिलेसम्मममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ८५८ पुगेको छ भने अहिलेसम्मम ६ हजार १८४ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।
मंगलबार मात्रै विभन्नि स्थानबाट १४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा १ हजार ६८२ जना सहित कुल १ लाख ४८ हजार ८६४ जनाको पिसिआर परीक्षण भइसकेकको मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्