२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य फेरि उकालो लाग्यो


0
Shares

काठमाडौं, कात्तिक ५ । केही दिन यता स्थिर रहेको सुनको मुल्य फेरि उकालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उकालो लागेसँगै स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० ले बढेर ९५ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ ।

चाँदी बुधबार एकैदिन तोलामा ३० रुपैयाँले बढेको हो ।

मंगलबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य तोलामै ३० रुपैयाँले बढेर १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स १९ सय २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कोरोना महामारीका कारण यस वर्ष सुनचाँदीको कारोबार अघिल्ला वर्षको तुलनामा खुम्चिएको छ ।

दशैको मुखैमा मानिसको चहलपहल बढेपनि कारोबारमा भने सुधार नआएको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो ।