
काठमाडौं, कात्तिक ५ । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ९९६ छ ।
योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भई डिस्चार्ज भएका छन् ।
हाल ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् ।
काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेका जम्मा संख्या ७९१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्