२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन


0
Shares

काठमाडौं, कात्तिक ५ । कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा समय विहान ८ बजे सुरु हुने छ ।

शनिबारसमेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न बोर्डले जनाएको छ ।

यसैबीच परीक्षा बोर्डले कोरोना संक्रमित विद्यार्थीलाई परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ ।

संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।