
काठमाडौं, कात्तिक ५ । भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभएको छ ।
बुधबार दिउसो विशेष विमान लिएर काठमाडौं ओर्लनुभएका उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्ने जनाइएको छ । यद्यपि, कुन कुन नेताले उहाँसँग भेट गर्ने भन्ने खुलाइएको छैन ।
भारतीय सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि जासूसी संस्थाका प्रमुख गोयलको नेपाल भ्रमण हुनुलाई निकै महत्वका साथ हेरिएको छ ।
कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण र नेपालले सार्वजनिक गरेको नक्शा प्रकरणपछि दुई देशबीच सम्बन्ध हार्दिक नभएकै समयमा गोयलको आगमन भएको छ ।
नोभेम्बरको पहिलो सातामा भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदै हुनुहुन्छ ।
गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिइएको छैन । तर उहाँको भ्रमण टोलीमा सात जना रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्