२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मानव अधिकार आयोग दशैंमा खुला रहने


0
Shares

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् ।

दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले सो अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकतानुसार अनुगमन गर्ने बताइएको छ ।

आयोगले दशैँ बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । रासस