
काठमाडौं, कात्तिक ६ । दशैं बिदाको अघिल्लो दिन बिहीबार शेयर बजार परिसूचक १६ सय नाघेको छ ।
केहि दिन यता उकालो लाग्दै आएको शेयर बजार बिहीबार नेप्से परिसुचक ८ अंकले उकालो लागेसँगै १६ सय ६ बिन्दुमा पुग्यो ।
ै
यसदिन कारोबार भएका अधिकाशं समुहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।
निर्जिवन बिमा समुहमा सबैभन्दा उच्च ३८ अंकको सुधार आँउदा उत्पादनमुलक समुह २९ अंकले उकालो लाग्यो ।
होटल र जीवन बिमा समुहमा दोहोरो अंकको गिरावट आयो ।
यसदिन ७४ कम्पनीको शेयर मुल्य उकालो लाग्दा ७४ कम्पनीकै शेयर मुल्य घट्यो ।
यसदिन १ सय ८७ कम्पनीको ६४ लाख ५७ हजार कित्ता शेयर १ अर्ब ९९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्