
ललितपुर, कात्तिक ६ । कोरोना संक्रमणको महामारीकाबीच ललितपुरको खोकनामा सिकाली सिद्धिकाली गणको जात्रा निकालिएको छ ।
रुद्रायणी पनि भनिने सिकाली मन्दिरबाट बिहानै सिकाली चौरमा रहेको पिठमामा देवी गणहरु पुगेर नृत्य गरि तान्त्रिक पूजा गरिएको थियो ।
घटस्थापनाको दिन किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको पिठमा लगेर विशेष गोप्य पूजा गरेको गरिएको थियो ।
सिकाली मन्दिर परिसरमा रुद्रायणी देवगणहरुले तान्त्रिक नृत्य गरेका थिए ।
जात्रामा रुद्रायणी, गणेश, भैरव, कुमारी, ब्रहमा, विष्णु, महेश्वर, इन्द्रायणी, बाराही, चामुण्डाकाली, महालक्ष्मी, कुमार, हनुमान र कुमार लगायत १४ देवदेवीको नृत्य प्रस्तुत गरिएको थियो ।
देवगणहरुलाई मन्दिरभित्र वीरभद्र र महाकालीका रूपमा तान्त्रिक विधिबाट पूजा समेत गरिएको थियो ।
खोकनाबासीले दशै भने मनाउँदैनन् ।
सिकाली जात्राकै समयमा आफन्तहरुलाई बोलाइ भोज भने गरिन्छ ।
कोरोनाका कारण जात्रालाई सिमित गरिएको थियो भने स्वाथ्य सुरक्षा मापदण्ड समेत अपनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्