१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रथम त्रैमासिकमा राजस्व संकलन सन्तोषजनक


0
Shares

काठमाडौं, कात्तिक ६ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा राजस्व संकलन सन्तोषजनक रहेको जनाएको छ ।

कोरोनाका कारण राजस्व संकलन लक्ष्यभन्दा कम भए पनि अघिल्लो वर्षकै हाराहारीमा संकलन भएको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासिकमा ८० अर्ब १९ करोड राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज सम्ममा ७९ अर्ब ९६ करोड रकम संकलन गरेको छ ।

विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ८२ अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यस्तै असोजमा २५ अर्ब ५६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २४ अर्ब १८ करोड राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधीमा २४ अर्ब ८९ करोड रकम संकलन गरेको थियो ।

चालु आर्थिक वर्षकै साउन र भदौमा पनि लक्ष्य नजिकै राजस्व संकलन भएकोले विभागले जनाएको छ ।

लकडाउनको अवधिमा पनि अघिल्लो वर्षकै हाराहारीमा राजस्व संकलन भएकोले सन्तोषजनक रहेको आन्तरिक राजस्व विभागले जनाएकोे छ ।