२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो


0
Shares

कैलाली, कात्तिक ७ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितको संख्या ९ हजार ४८ पुगेको हो ।

कैलालीमा सबैभन्दा धेरै ३ हजार ४ सय ४८ जना र डोटीमा एक हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यस्तै अछामका १ हजार १ सय ५० जना, कञ्चनपुरका ९ सय ९७, बझाङका ६ सय १९, बैतडीका ४ सय ७७, बाजुराका ४ सय ५९, डडेल्धुराका ३ सय ९३ र दार्चुलाका २ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।