२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास भएको छ : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले देशको समृद्धिका आधार नै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताउनु भएको छ ।

दसैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।

विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता नेपालीको मौलिक विशेषता रहेको भन्दै अध्यक्ष दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु भएको बताउनु भएको छ ।

उहाँले कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।