१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणबाट मालपोत कार्यालयका कर्मचारीको मृत्यु


0
Shares

दाङ, कात्तिक ७ । कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी हुनुहुन्छ ।

उहाँलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो । रासस