१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चीनमा यो आश्चर्यः ७६ सय टनको सिंगो भवन नै सारियो


0
Shares

China shanghai moved 76 ton builind to 62 meter far

एजेन्सी, कात्तिक ९ । चीनमा ७ हजार ६ सय टनको एउटा भवन सिङ्गै एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरिएको छ ।

चीनको शंघाई शहरमा इञ्जिनियरहरु ८५ वर्ष पुरानो ७६ सय टनको एक विशाल भवनलाई नफुटाइकन एक ठाउँबाट अर्को स्थानमा सार्न सफल भएका हुन् ।

सन् १९३५ मा बनाइएको एउटा प्राथमिक विद्यालयको पाँच तले भवनलाई इञ्जिनियरहरुले प्रविधिको प्रयोगमार्फत् ६२ मिटर परसम्म सारेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् ।

यो भवन रहेको स्थानमा अर्को परियोजना शुरु गर्नुपर्ने भएपछि इञ्जिनियरहरुले भवन नभत्काई रोबोटको सहायताले १८ दिनमा अर्को स्थानमा सारेका हुन् ।

अब ऐतिहासिक भवनलाई संरक्षित गर्ने निर्णय स्थानीय प्रशासनले लिएको र हाल मर्मत कार्य भइरहेको जनाइएको छ ।

शंघाईमा यसअघि पनि यसैगरी भवन नै एक स्थानबाट अर्को स्थान सारिएको उदाहरण छ । सन् २०१७ मा १३५ वर्ष पहिले बनेको करीब दुई हजार टन तौलको ऐतिहासिक बौद्ध मन्दिर पनि ३० मीटर पर सारिएको थियो ।