
पाँचथर, कात्तिक ११ । पाँचथरमा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ११ करोड बढी राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष ०७७/०७८ को पहिलो त्रैमासिकमा ११ करोड ५१ लाख १६ हजार राजश्व संकलन भएको करदाता सेवा कार्यालयका प्रमख किरण लिम्बुले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष ०७६/०७७ मा ४१ करोड ६९ लाख ७१ हजार राजश्व संकलन भएको थियो ।
दुई वर्ष अघि पाँचथरमा स्थापना भएको करदाता सेवा कार्यालयबाट पाँचथर र ताप्लेजुङका सेवाग्राही लाभान्वित हुंदै आएका छन् ।
यसअघि पांचथरबासीले झापाको भद्रपुरमा कर तिर्न जानु पर्ने बाध्यता थियो ।
प्रतिक्रिया दिनुहोस्