
नेपालगञ्ज, कात्तिक ११ । बाँकेमा दुर्गा भवानीका मूर्ति बिसर्जन गरिएको छ ।
८ वटा स्थानीय तहमा स्थापना गरिएका मूर्तिलाई आज बिसर्जन गरिएको हो ।
घटस्थापनाको दिनदेखि घर तथा नगरका बिभिन्न स्थानमा स्थापना गरिएको दुर्गा भवानी, गणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमालगायतका सामग्री र अवशेषलाई सिधनियघाटस्थित राप्ती नदीमा लगेर बिसर्जन गरिएको हो ।
मूर्ति सेलाउने क्रममा विभिन्न स्थलमा मेलासमेत लागेको थियो ।
मूर्ति बिसर्जनको समयमा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्