
भरतपुर, कात्तिक ११ । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ ।
गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उहाँ अस्पतालको कोभिड आइसियूमा भर्ना हुनुभएको थियो ।
उहाँलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिनुभयो ।
यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहनुभएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्