
बर्दिया, कात्तिक ११ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ ।
घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्