२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


३८ स्थानीय तहले अझै बुझाएनन् बजेट


0
Shares

काठमाडौं, कात्तिक ११ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार हालसम्म पनि ३८ स्थानिय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट बुझाएका छैनन् ।

संवैधानीक व्यवस्था अनुसार संघले हरेक वर्ष जेठ १५ भित्रै र स्थानिय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

तर अझै सम्म पनि ७ सय १५ स्थानिय तहले बजेट विवरण बुझाएका छन् भने ३८ स्थानिय तहले बजेट नबुझाएका हुन् ।

प्रदेश नम्बर २ का २४ प्रतिशत स्थानिय तहले बजेट विवरण बुझाएका छैनन् ।

१३३ स्थानिय तह रहेको प्रदेश नम्बर २ मा ३३ गाँउपालीका तथा नगरपालीकाले बजेट विवरण नबुझाएको तथा बाग्मती प्रदेशमा २ स्थानिय तह तथा प्रदेश नम्बर १ का २ स्थानिय तह तथा सुदुरपश्चिममा १ स्थानिय तहले बजेट विवरण बुझाएका छैनन् ।

बजेट विवरण बुझाउन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले पटक पटक निर्देशन पनि दिएको छ तर स्थानिय तहले बजेट विवरण नबुझाएका हुन् ।

स्थानिय तहमा कर्मचारी अभाव लगायतका कारणले स्थानिय तहले बजेट नबुझाएको मन्त्रालयले जनाएको छ ।