२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, आगामी बैठक मंसिर १५ देखि १७ गतेसम्म


0
Shares

काठमाडौं, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिनुभएको छ ।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।