
देउखुरी, कात्तिक १२ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो ।
चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्