२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धानको मूल्य अहिलेसम्मकै उच्च हुँदा कृषक खुशी


65
Shares

बर्दिया, कात्तिक १३ । मोटा धानको मूल्य अहिलेसम्मकै उच्च निर्धारण गरेकोमा बर्दियाका कृषक खुशी भएका छन् ।

राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद सुरु गरेको छ ।

कम्पनीको मापदण्ड अनुसार पहिलो चरणमा मोटा धान खरिद शुरु गरिएको हो ।

मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयामा खरिद गरिएको कम्पनीका प्रमुख धर्मराज पन्तले जानकारी दिनुभयो ।

मकवानपुर धानको हकमा जिल्ला मुल्य निर्धारण समितिले निर्णय गरिसकेको भए पनि कम्पनीको केन्द्रीय कार्यलयवाट पत्र प्राप्त भइ सकेपछि मात्रै खरिद गरिने प्रमुख पन्तले बताउनुभयो ।

कम्पनीले पहिलो पटक मोटाधान २५ हजार क्विन्टल खरिद गर्ने र आवश्यकता अनुसार थप गर्ने जनाएको छ ।