
काठमाडौं, कात्तिक १३ । गोकर्णेश्वर नगरपालिकामा हालसम्म १२५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् ।
नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।
नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन् ।
होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् ।
अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।
कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्