२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त


0
Shares

Mahesh Basnet ncp

काठमाडौं, कात्तिक १३ । आमासहित परिवारका ८ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल बिहीबार दशैँको टीकाको चहलपहल देखिएको छ ।

६ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गर्नुभएकी सङ्घीय सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका ८ जना कोरोना सङ्क्रमण भई घरमै आइसोलेसनमा १५ दिनसम्म बस्नुभएको थियो ।

बुधबार उहाँहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

मुटुको शल्यक्रिया गरेकी आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिनमै उहाँले कोरोनालाई परास्त गरेपछि दशैँको टीका थाप्न पाउँदा खुशी लागेको सांसद बस्नेतले बताउनुभयो ।

कोरोनाविरुद्ध लड्न आत्मबल चाहिने उल्लेख गर्दै उहाँले यसको खोप नआएसम्म दैनिकरुपमा तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जोजस्ता सामग्री सेवन गर्न सुझाव दिनुभयो ।