
काठमाडौं, कात्तिक १४ । भक्तपुरमा कुटपीट गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायकका ३६ वर्षिय रोशन नागा छन ।
रोशनले २९ वर्षिया श्रीमती निरु नागालाई मरणासन्न हुने गरि कुटेपछि माइती पक्षले उपचारको लागि कार्तिक ३ गते मध्यपुर ठिमी अस्पताल पुर्याएका थिए ।
निरुको उपचारको क्रममा गत कार्तिक १२ गते मृत्यु भएको थियो ।
मृतकका दाजु विकास कासीछ्वाले महानगरिय प्रहरी वत्त जगातिमा दिएको किटानी जाहेरीका आधारमा रोशनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्