७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बुटवलमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु


0
Shares

लुम्बिनी, कात्तिक १४ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना सङ्क्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको जनाइएको छ ।

कात्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो ।

कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार हुँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई यसअघि नै ज्वरो, निमोनिया, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास समस्या रहेको अस्पतालले जनाएको छ ।