
तस्विर फाइल
काठमाडौं, कात्तिक १४ । यस वर्षको मौलिक राष्ट्रिय नेपाल संवत् मनाउन गत वर्षकै समितिका पदाधिकारी र सदस्यहरुलाई निरन्तरता दिएर नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन भएको छ ।
समितिको बैठकले कोरोना महामारीका कारण रमेश महर्जन अध्यक्ष रहेको ११४० को समितिलाई नै निरन्तरता दिएको हो ।
बैठकले सबैले आ–आफ्नो तरीकाले नेपाल संवत् मनाउन अनुरोध गरेता पनि मुल समारोह कसरी गर्ने भन्ने बारे निणर्य गरेको छैन् ।
देशैभरी एउटै नारा र एउटै अभियान अनुसार नेपाल संवत्को नववर्ष मनाउन एकरुपता ल्याउने पहल भइरहेको मात्र जनाएको छ ।
अर्को बैठकले नेपाल सम्वत सामान्य रुपमा सिमित उपस्थीतिमा मात्र मनाउने बारे निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्