१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेन


0
Shares

सर्लाही, कात्तिक १६ । कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगरका दलित अगुवा महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेको छैन ।

अभियुक्तलाई पक्राउको माग तथा क्षतिपूर्तिको माग गर्दै परिवार उनको दाह संस्कार नगरेको हो ।

प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

यता, रामको परिवारले थप ९ जनालाई कारवाहीको माग गरेको छ ।

गत २१ गते कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा व्रीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा मृत्यु भएका थियो ।