४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


पछिल्लो २४ घण्टामा उपत्यकामा १६२२ सहित २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १३०२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या १३४८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९६० पुगेको छ ।