
तस्विर फाइल
काठमाडौं, कात्तिक १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पार्टी एकता नै गम्भीर मोडमा पुगेको संकेत गर्नु भएको छ ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पार्टी महासचिव पौडेलले पार्टीको एकीकृत अस्तित्व सामू गम्भीर संकट उत्पन्न भएको उल्लेख गर्नु भएको हो ।
उहाँले पार्टी एकताको रक्षार्थ अन्तरविरोधको समाधानका लागि पार्टी पङ्क्तिलाई योगदान गर्न आग्रह समेत गर्नु भएको छ ।
पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, भारतीय गुप्तचर एजेन्सी रअ प्रमुखसँग प्रधानमन्त्रीको गोप्य भेट र कर्णाली प्रदेश प्रकरणपछि सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच मतभेद देखिएपछि नेताहरुमा तिक्तता उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्