
काठमाडौं, कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार गराउन अघि धरौटी रकम नलिन निर्देशन दिएको छ ।
सरकारी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गराउन धरौटी रकम लिने गरेको सुचनाको विरोध भए पश्चात मन्त्रालयले आइतबार धरौटी रकम नलिन निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी रकम लिने सम्बन्धि सूचना प्रकाशन गरे सबै अस्पतालहरुलाई स्पष्टिकरण सोधिने बताउनुभयो ।
मन्त्रालयले निजी अस्पतालको हकमा भने कुनै निर्णय गरेको छैन् ।
यस्तै मन्त्रालयले होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुको अवस्था बुझन र हेरविचार गर्न सबै पालिकाहरुलाई निर्देशन दिएको छ ।
अस्पताल रिफर गर्ने देखि संक्रमितहरुको स्वास्थ्य अवस्था बुझने र सल्लाह सुझाव दिन पालिकाहरुलाई आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फरक फरक आएको भन्दै तथ्याक संकलन गर्न तीन सदस्यीय समिति गठन गरिएको समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्