
सप्तरी, कात्तिक १६ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोना भाइरस नियन्त्रणमा सरकार गम्भिर नभएको आरोप लगाउनुभयो ।
आइतबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार कोरोना नियन्त्रण गर्न असफल भएको बताउनुभयो ।
उहाँले सरकार अझै पनि गैरजिम्मेवारीपूर्ण ढंगले प्रस्तुत भएको भन्दै सरकारले जनताको अधिकार कुण्ठित गरेको बताउनुभयो ।
उहाँले महामारीका कारण सञ्चार क्षेत्र र श्रमजिवी सञ्चारकर्मीहरु पनि बढी प्रभावित भएकाले सञ्चार क्षेत्र र श्रमजिवी सञ्चारकर्मीहरुकालागि तत्काल अन्तरिम व्यवस्था गरेर सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्