२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखोला दूधकोशी हाईड्रोपावरमा कार्यरत ५९ जना कार्मचारीमा कोरोना पुष्टि


0
Shares

सोलुखुम्बु, कात्तिक १६ । सोलुखुम्बुमा एउटै जलविद्युत आयोजनामा कार्यरत थप ५९ कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाईड्रोपावरमा काम गर्ने कर्मचारी तथा कामदार सहित स्थानीय रहेका छन् ।

यसअघि आयोजनामा कार्यरत ५० जनाको स्वाब परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएपछि सबै कर्मचारी र कामदारहरुको स्वाब परीक्षण गरिएको आयोजनाले जनाएको छ ।

सम्पर्कमा रहेका ४ सय ५९ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण देखिएको हो ।

यता सदरमुकाम सल्लेरीको समुदायस्तरमा गरिएको परीक्षणमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी र व्यवसायीमा समेत कोरोना देखिएको छ भने खुम्बु पासाङल्हामु गाउँपालिकामा पनि पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।