
काठमाडौं, कात्तिक १६ । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।
षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।
नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटिमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी भने कायम नगरेको पाइएको छ ।
उपत्यकामा कोरोना संक्रमणको दर बढीरहेको भएपनि प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी कायम नगरी प्रदर्शन गरेका हुन् ।
कोरोना पीडित जनताको उपचारका लागि सरकार उदाशिन देखिएको प्रति पनि उनिहरुले विरोध गरेका थिए ।
प्रदर्शनमा सहभागिहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्