
म्याग्दी, कात्तिक १६ । म्याग्दीको एतिहासिक कोटगाउँ ओझेलमा पर्दे गएको छ ।
मगर समुदायको पुख्र्यौली थलोको रुपमा परिचित कोटगाउँ ऐतिहाँसिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ ।
जिल्लाको रघुगंगा गाउँपालिकामा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको इतिहाँस लुकेको ऐतिहाँसिक गाउँ हो ।
यही गाउँबाट यी दुई थर मगर समुदाय देशै भरी बसाईसराई गरेको स्थानीयको भनाई छ ।
कोटगाउँको इतिहाँस ४ सय वर्ष पुरानो छ ।
४ सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको बंशबृक्ष झ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले जानकारी दिनुभयो ।
सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोटगाउँ र एक भाइ पाखापानीमा बस्न थालेका हुन् भन्ने किम्बदन्ती छ ।
अहिले कोटगाउँमा ९६ घरधुरीको मात्र बसोबास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्