
तनहुँ, कात्तिक १६ । कोरोनालाई बेवास्ता गर्दे तनहुँका कृषकहरु धान भित्र्याउन व्यस्त हुन थालेका छन् ।
जिल्लाका कृषकहरु विहानदेखी बेलुकासम्म खेतबारीमा व्यस्त हुने गरेका हुन् ।
खेतमा धान काट्न र स्याहार्न किसानलाई यतीबेला चटारो परेको हो ।
कार्तिक÷मंसिरमा भित्रिएको धान वर्षभरी खानुपर्ने भएकाले किसानहरु धान स्याहार्नमा खेतवारीमै व्यस्त भएका हुन् ।
जिल्लाको साँगेफाँट, याम्पा फाँट, चुँदी, ढोरफिरर्दी, माझकोट, मालेबगर, जामुने, रिस्ती लगायतका स्थानलाई धान खेतीको महत्वपूण क्षेत्र मानिन्छ ।
तनहुँमा सावित्री, रामधान, मकवानपुरे, मन्सुली, हर्दिनाथ लगायत जातका धान उत्पादन हुर्दै आएको छ ।
तनहुँमा १२ हजार हेक्ट्रर क्षेत्रफलमा बर्षेधान खेती गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्