२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु संविधानको उल्लंघन र अनिष्टको पूर्वसंकेतः अर्जुननरसिंह केसी


26
Shares

congress arjunnarshingh kc

काठमाडौं, १८ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय अनिष्टको पूर्व संकेत भएको बताउनु भएको छ।

सरकारले नेपालको नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने निर्णय गरेलगत्तै यसविरुद्धमा टिकाटिप्पणी भइरहेका सन्दर्भमा नेता केसीले यसलाई संविधानको उल्लंघनसमेत भएको उल्लेख गर्नुभएको छ ।

संविधानको प्रस्तावनामै भएको नाम सरकारले स्वेच्छाचारी ढंगले हटाउन नमिल्ने संविधानविदहरुले पनि बताएका छन् ।

यसैक्रममा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता केसीले सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै सरकारको निर्णयले अनिष्टको संकेत गरेको उल्लेख गर्नुभएको हो ।

नेता केसीले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रश्न गर्नुभएको छ, ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ नलेख्न र अंग्रेजी वा नेपालीमा नेपाल मात्र लेख्ने मन्त्रिपरिषदको निर्णयको कानून मन्त्रालयको पत्र र निर्देशन अहिले किन आबस्यक पर्‍यो ?’

नेता केसीले थप्नुभएको छ, ‘यो नेपालको संविधानको धारा ४ को नग्न उलंघन र अनिष्टको पूर्व संकेत हो ।’