१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर अस्पतालका कर्मचारी विरोधमा


0
Shares

काठमाडौं, कात्तिक २० । अस्पतालले आवश्यक सेवा सुविधा कटौती गरेको भनेर वीर अस्पतालका कर्मचारीले बिहीबार विरोध प्रर्दशन गरेका छन् ।

कोभिडको समयमा काम गरेको भत्ता, औषधी खरिद खर्चलगायत अन्य सेवा सुविधा चैत्र महिनादेखि नै कटौती गरेको भन्दै आज उनीहरुले अस्पताल परिसरमा नै धर्ना दिएका हुन् ।

सुरक्षा उपकरण, सेवा सुविधा र भत्ता कटौती गरेको भनेर बुधबार आकस्मिक कक्षका १६ जना चिकित्सकले राजीनामा दिएका थिए ।

कात्तिक २ गतेदेखि आन्दोलन उनीहरुले शुक्रबारसम्म अल्टिमेटमसमेत दिएका छन् ।

शुक्रबारसम्म आफूहरुको माग पूरा नभए आन्दोलनका कार्यक्रम विस्तार गर्ने चेतावनी समेत दिएका छन् ।