४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

सप्तरीमा कोरोना संक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु


0
Shares

सप्तरी, कात्तिक २० । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेको छ ।

पिसाबमा समस्या देखिएपछि छ दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालले बुधबार उनको पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र बिराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

मृतक महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ ।