
काठमाडौं, कात्तिक २० । महानगरिय अपराध महाशाखाको टोलिले छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर गाइघाटका रुपेश आलेमगर रहेका छन ।
काठमाडौं टोखा नगरपालिका वडा नम्बर ५ धापासीस्थित देबी मन्दिर परिसरमा गोर्खा अजिरकोट गाउपालिका ६ शिबमन्दिर बस्ने २४ बर्षीय आशिष मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आलेमगर पक्राउ परेका हुन् ।
हत्या पछि फरार रहेका आलेमगरलाइ महानगरीय अपराध महाशाखको टोलिले सुनसरीबाट पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।
प्रहरीले घट्नामा प्रयोग भएको चक्कु समेत बरामद गरि अनुसन्धानको लागि महानगरीय प्रहरी बृत महराजगन्ज पठाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्