
काठमाडौं, कात्तिक २० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।
त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।
पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ ।
आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ ।
समारोहमा भाग लिनका लागि स्नातक तहले रु. तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले रु. चार हजार २०० र विद्यावारिधिले रु. चार हजार ७०० शुल्क बुझाउनुपर्ने छ ।
तीमध्ये रु. एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो ।
समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् ।
गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्