
तस्विर फाइल
कैलाली, कात्तिक २० । कोरोना पुष्टि भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना हुनुभएको छ ।
कात्तिक १५ गते संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको हो ।
स्वास्थ्य अवस्था सुधार नभए अन्यत्र रिफर गर्नुपर्ने चिकित्सकले सुझाव दिएको मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले जनाकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्