१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० लाख घुससहित विधुत प्राधिकरणका इन्जिनियर पक्राउ


0
Shares

वागमती, कात्तिक २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु. १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो ।

ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु. १० लाख रकम मागेका थिए ।

उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।