२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


थपिए २९०९ जना कोरोना संक्रिमत, १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

हाल ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ ।